अर्थतन्त्र

उकालो लाग्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा सुनको मूल्यमा रु एक हजार १०० ले वृद्धि भएको छ । छापावाला सुन आज प्रतितोला रु ९६ हजार ४०० मा कारोवार हुने गरी मूल्य निर्धारण गरिएको छ ।

छापावाला सुन सोमबार प्रतितोला रु ९५ हजार ३०० मा कारोवार भएको थियो । यस्तै तेजाबी सुन आज प्रतितोला रु ९५ हजार ९०० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । 

तेजाबी सुनसुन प्रतितोला रु ९४ हजार ८०० मा सोमबार कारोवार भएको थियो ।

चाँदी प्रतितोला रु १० ले वृद्धि भई प्रतितोला रु एक हजार ३३५ मा कारोवार भएको छ ।

चाँदी प्रतितोला रु एक हजार ३२५ मा सोमबार कारोवार भएको महासङ्घले  बताएको छ ।

गाउँ सहर डेस्क

तपाईँको मत