स्वास्थ्य

विश्वभर सक्रिय काेराेनाभाइरस संक्रमित २ कराेड ३१ लाखमध्ये १ लाख ७ हजारकाे अबस्था चिन्ताजनक

काठमाडौं । विश्वभर (कोभिड-१९) कोरोनाभाइरसबाट संक्रमित हुने र निको हुने दुवैको संख्या बढिरहेको छ । विश्वभर हाल २ कराेड ३१ लाख ८९ हजार जनामा काेराेनाभाइरस सक्रिय छ ।

संक्रमितमध्ये हालसम्म विश्वभर निको हुनेको संख्या ६ करोड १० लाख ४४ हजार जना भन्दा बढि छन् । 

वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार संक्रमितको संख्या भने ८ करोड ६० लाख ९३ हजार नाघेको छ भने मृतकको संख्या १८ लाख ५९ हजार ८२३ जना पुगेको छ । 

यो समाचार तयार पार्दासम्मको इन्फोका अनुसार सक्रिय केशमध्ये १ लाख ७ हजार ८२३ जनाको अवस्था गम्भीर छ ।

भाइरसका कारण अमेरिकामा विश्वकै सबैभन्दा बढिको मृत्यु भएको छ । अमेरिकामा २ कराेड १३ लाख ५२ हजार भन्दा बढि संक्रमित मध्ये त्यहाँ अहिलेसम्म ३ लाख ६२ हजार भन्दा बढि जनाले ज्यान गुमाइसकेका छन् भने २९ हजारको अवस्था गम्भीर छ । अहिलेसम्म १ कराेड २७ लाख ३५ हजार भन्दा बढि जना निको भइसकेका छन् भने ८२ लाख ५५ हजार जनामा भाइरस सक्रिय छ । 

छिमेकी मुलुक भारतमा संक्रमित संख्या हालसम्म १ कराेड ३ लाख ५७ हजार ५६९ जना सहित विश्वभर कोरोनाभाइरस धेरै संक्रमण हुने देशहरूको सूचीमा दाेस्राे नम्बरमा छ । संक्रमित मध्ये १ लाख ४९ हजार ८८६ जनाको ज्यान गइसकेको छ । जसमध्ये ९९ लाख ७५ हजार ३४० जना निको भएका छन् । सक्रिय केस २ लाख ३२ हजार ३४३ मात्र छन् जसमध्ये ८ हजार ९४४ जनाको अवस्था गम्भीर छ । 

तेस्राे स्थानमा रहेकाे ब्राजिलमा ७७ लाख ५४ हजार जना संक्रमितमध्ये ६८ लाख ७५ हजार निकाे भइसकेका छन् । मृत्यु हुने भने १ लाख ९६ हजारभन्दा बढी छन् । हाल ७ लाख ८२ हजार जनामा काेराेना भाइरस सक्रिय छ ।

नेपालमा भाइरस संक्रमित २ लाख ६२ हजार २६२ जना पुगेका छन् भने २ लाख ५५ हजार ८८ जना निको भइसकेका छन् । अहिलेसम्म मृतकको संख्या १ हजार ८८५ पुगेको छ भने ५ हजार २८९ जना उपचाररत छन्  ।

गाउँ सहर डेस्क

तपाईँको मत