वातावरण

आज उच्च पहाडी जिल्लामा पनि हिमपात र पानी पर्ने, तराईमा हुस्सु

काठमाडाैं । मंगलबा (आज) पनि देशभरको मौसम बद्ली भएको भएको छ ।

हिमाली र उच्च पहाडी जिल्लामा आज पनि हिमपात र अन्य केही ठाउँमा पानी पर्ने मौसमविद्ले बताएका छन् । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही ठाउँमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । वाग्मती प्रदेशका एक/दुई ठाउँमा पनि हल्का पानी पर्ने अनुमान छ ।

पश्चिमी वायुको प्रभावका कारण गएको आइतबारदेखि देशभरको मौसम बद्ली भएको छ । यो प्रणालीको प्रभाव भोलिदेखि भने कम पर्ने जनाएकाे छ ।

भोलि वाग्मती, गण्डकी, लुम्बिनी, प्रदेश दुई र १ का धेरै ठाउँमा घाम लाग्ने पूर्वानुमान गरिएको छ । तर कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने भोलि पनि मौसम बद्ली भएर हिमपात र वर्षाको सम्भावना रहेको छ ।

आज काठमाडाैंको न्यूनतम तापक्रम ९ डिग्री सेल्सियस मापन  गरिएको छ भने अधिकतम तापक्रम १७ देखि १९ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ ।
 

गाउँ सहर संवाददाता

तपाईँको मत