वातावरण

माइनस ८ डिग्रीकाे चिसाेमा हुम्लाकाे जनजीवनका दश तस्बिर

हुम्ला । धेरैलाई हिउँ खेल्न मनपर्छ तर सधैँ हिउँकै छत्रछायाँमा बस्नुपर्नेका दिनचर्या भने कठीन हुने गर्दछ नै । कहिले काहीँ हिउँ पर्दा वा पर्यटकका लागि रमाइलाे हुनु स्वभाविकै हाे तर हिमाली क्षेत्रमा बसाेबास हुनेका लागि धेरै हिउँ पर्दा बेला बेला सास्ती खेप्नुपर्ने हुन्छ । 

हुम्लामा भारी हिमपात भएको छ । आइतबार दिउँसोबाट हुम्लामा हिमपात सुरु भएपछि तापक्रम माइनसमा झरेसँगै जाडो अत्यधिक बढेको छ ।

हिमपात हुँदा हुम्लालगायतका हिमाली जिल्लाहरुको जनजीवन कष्टकर बन्दै गएको छ । हिमपात भएपछि उडान अवरुद्ध हुँदा जहाज पनि विमानस्थलमै थन्किएका छन् ।

 आइतबार हुम्लामा हिमपात भएपछि दुईवटा तारा एयरका जहाज सिमकोट विमानस्थलमै थन्किए । बस्तिहरुमा ४ फिटभन्दा बढी हिउँ जमेको छ भने अहिले सदरमुकाम सिमकोटमा १ फिट हिउँ जम्दा सिमकोटमा तापक्रम माइनस ८ डिग्रीमा झरेको छ ।

 लामो समयदेखि वर्षा नहुँदा समस्यामा परेका कृषक भने हिमपातले हर्षित भएका छन् । अहिले जेठमा पाक्ने जौ, गहुँ र उवा छर्ने समय भएकाले हिमपात हुँदा जोत्नलाई सहज हुने भएपछि किसान खुशी भएका हुन् । लामो समय पानी नपरेकाले जमीन सुक्खा भएर जोत्‍न कठिन हुने देखिएका बेला हिमपातले त्यसलाई सहज बनाउने स्थानीयवासीहरुको भनाइ छ । हिमपातले गाईवस्तु, याक चौंरीलाई समस्या भएको त्यस क्षेत्रका स्थानीयले बताएका छन् ।

तस्बिर-जनकबहादुर शाही

गाउँ सहर संवाददाता

तपाईँको मत