स्वास्थ्य

संक्रमितमध्ये २.७ प्रतिशतमा मात्र काेराेनाभाइरस सक्रिय

काठमाडौं । काेराेना भाइरस सङ्क्रमण पुष्टि भएकामध्ये मुलुकभर २ दशमलव ७ प्रतिशतमा मात्र निकाे हुन बाँकी छ । 

कोरोना भाइरसको सङ्क्रमणबाट आज ५ सय ९४ जना निको भएका छन् । यो सँगै हालसम्म सङ्क्रमणमुक्त हुनेको सङ्ख्या २ लाख ५५ हजार ८८  पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । तथ्याङ्क अनुसार कूल संक्रमित मध्ये ९७ दशमलव ३ प्रतिशत सङ्क्रमणमुक्त भएका हुन् ।

यस्तै आज थप ४ सय ३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभर ४ हजार ४ सय १ वटा पीसीआर परीक्षण गर्दा २ सय ४४ पुरुष र १ सय ५९ महिलामा संक्रमण पुष्टि भएको छ ।

यो सँगै नेपालमा हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको सङ्ख्या २ लाख ६२ हजार २ सय ६२ पुगेको छ ।

५ हजार २ सय ८९ सक्रिय संक्रमित मध्ये २ सय ९ जनाको आई.सी.यु र ३४ जनाको भेन्टिलेटरमा  उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कोरोना सङ्क्रमणका कारण आज थप ७ जनाको मृत्यु भएसँगै हालसम्म कोरोना सङ्क्रमणपछि मृत्यु हुनेको सङ्ख्या १ हजार ८ सय ८५ पुगेको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत