प्रेरणा

“एक पलले पुरै दिनलाई, एक दिनले पुरै जीवनलाई र एक जीवनले पुरै संसार बदल्न सक्छ”

काठमाडौँ । गौतम बुद्ध भन्दथे- जो व्यक्ति क्रोध गर्दछन्, उ आफूपनि जल्दछ र आफ्नो शव्दबाट अरुलाई पनि जलाउँदछ । क्रोधले सम्बन्ध र मित्रतालाई तोड्न सक्दछ । यसकारण नराम्रा बानीबाट सधैँ बच्नु पर्दछ ।

गौतम बुद्धका केहि प्रेरक भनाइहरुः

जो व्यक्ति अर्काको लागि आफ्नो मनलाई बेखुसी राख्दैन, उसले जीवनमा शान्ति अवश्य प्राप्त गर्दछ ।

एक पलले पुरै दिनलाई बदल्न सक्छ, एक दिनले पुरै जीवनलाई बदल्न सक्छ र एक जीवनले पुरै संसार बदल्न सक्छ ।

क्रोधलाई प्रेमले, बैगुणीलाई गुणले, स्वार्थलाई उदारताले, झुटलाई सत्यले जित्न सकिन्छ ।

जुन व्यक्तिको मन बोलेको समय र काम गरेको समय शान्त रहन्छ, ती व्यक्ति उहि नै हुन्छन् जसले सत्यलाई हासिल गर्दछन् । जो सबै दुःखबाट मुक्त भइसकेको हुन्छ ।

जो व्यक्ति आफ्नो जीवन समझदारी र सत्यसँग जिउँछ, उसलाई मृत्युसँग डर लाग्दैन ।

गाउँ सहर डेस्क

तपाईँको मत