स्वास्थ्य

कोरोनाबाट थप सात जनाको मृत्यु, ४०३ जना नयाँ संक्रमित थपिए

काठमाडौँ । पछिल्लो २४ घण्टामा कोरोनाबाट थप सात जनाको मृत्यु भएको छ । आज थपिएका सहित कुल मृतकको संख्या १८८५ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५९४ जनाले स्वास्थ्य लाभ गरेका छन भने नयाँ संक्रमित ४०३ थपिएका छन् । यो सहित निको २,५५,०८८ निकाे भएका छन् भने कुल संक्रमित २,६२,२६२ जना पुगेका छन् । 

मन्त्रालयका अनुसार आजसम्ममा १९,५२,९०३ जनाको पिसिआर टेस्ट भएको छ । देशमा अहिले ५ हजार ४८७ सक्रिय संक्रमित रहेका छन् । देशभर संस्थागत आइशोलेशनमा ५,२८९ र क्वारेन्टाइनमा ३४२ रहेका छन् ।

गाउँ सहर संवाददाता

तपाईँको मत