विश्व

 चिनियाँ चलचित्र उद्योग विश्वकै ठूलो उद्योग बन्न सफल 

एजेन्सी । चिनियाँ चलचित्र उद्योग विश्व कै ठूलो उद्योग बन्न सफल भएको छ । कोरोना महामारीबीच सम्पूर्ण देशको चलचित्र उद्योग धारासाही अवस्थामा हुँदा चिनियाँ चलचित्र उद्योग विश्वकै ठूलो बजार कायम गर्न सफल भएको छ । कोरोना महामारीको समयमा यस उद्योगले राम्रो व्यापार गर्न सफल भएको छ । 

चिनियाँ बक्स अफिसले महामारीबीच सन् २०२० मा करिब २० अर्ब राजस्व उठाएको छ । उठेको राजस्वले चिनियाँ चलचित्र उद्योगलाई ठूलो बजारमा परिणत गरेको हो । यसले संयुक्त राज्य अमेरिका सहितको उत्तर अमेरिकी फिल्मी उद्योगलाई पछि पारेको एजेन्सीले जनाएको छ । उत्तर अमेरिकी उद्योगले महामारीको समयमा २ अर्बको व्यापार गर्न सफल भएको थियो ।

चिनियाँ उद्योगले नयाँ वर्षको दिन सर्वाधिक व्यापार गर्दै रेकर्ड ब्रेक गरेको छ । महामारी रोकथाम र नियन्त्रण गरी सुचारु भएको सिनेमा घरहरुले नयाँ वर्षको दिन व्यापक रुपमा व्यापार गरेको जनाइएको छ । उत्तर अमेरिकी बक्स अफिसलाई चिनियाँ बक्स अफिसले पहिलो पटक पछि पार्न सफल भएको हो ।

चीनले महामारीलाई नियन्त्रण गर्न सफल भएको कारण चलचित्र उद्योगले सफतला पाएको हो । उत्तर अमेरिकी उद्योग निरन्तर सर्वाधिक स्थान कायम गरिरहेको थियो । २०२० भने सो उद्योगको लागि खराब थियो । चीनले कोरोनालाई सही ढंगले नियन्त्रण गरेको कारण चिनियाँ बक्स अफिसले सफलता पाएको बताएको छ ।

गाउँ सहर डेस्क

तपाईँको मत