खेल

चेल्सीलाई ३–१ ले पराजित गर्दै म्यानचेस्टर सिटी पाँचौं स्थानमा

एजेन्सी ।  म्यानचेस्टर सिटीले आइतबार इंग्लिस प्रिमियर लिगमा चेल्सीलाई ३–१ ले पराजित गरेको छ ।

संक्रमणका कारण आफ्ना केही प्रमुख खेलाडी बिना उत्रिएको सिटीले खेलको १६ मिनेटको अन्तरमा तीन गोल गरेको थियो ।

त्यसमा इल्केयी गुन्डोगन, फिल फोडेन र केभिन डे ब्रुएनाले गोल गरेका थिए ।

चेल्सीका लागि कलम हडसन ओडोइले एक गोल फर्काएका थिए ।

आक्रामक जितपछि सिटी अंक तालिकको पाँचौं स्थानमा रहेको छ । सिटीको १५ खेलबाट २९ अंक भएको हो ।

गाउँ सहर डेस्क

तपाईँको मत