गाउँ सहर

विमानस्थलबाट प्रहरीले झापा जान लागेका यात्रुबाट ५० राउण्ड गोली बरामद

काठमाडाैं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले ५० राउण्ड गोलीसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

श्री एयरलाइन्सको १२ बजेर २५ मिनेटको उडानमा भद्रपुर जाने क्रममा झापा मेचीनगर-२ का बद्रीहाङ राईलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । साथमा नाताले आमा पर्ने मुनादेवी राईलाई पनि पक्राउ गरिएकाे प्रहरीले जनाएको छ ।

उनीहरुलाई चेकजाँच गर्दा झोलामा लुकाएको अवस्थामा सो परिमाणको गोली फेला परेको हो । मुनादेवीको श्रीमान अवकास प्राप्त सईको श्रीमती रहेको जनाइएको छ । 


यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

गाउँ सहर संवाददाता

तपाईँको मत