गाउँ सहर

चालक अनुमति पत्रको अनलाइन आवेदन बन्द

काठमाडौँ । सवारी साधान चालक अनुमति पत्र (लाइसेन्स) को अनलाइन आवेदन बन्द भएको छ । लामो समयपछि यातायात व्यवस्था विभागले गत मंगलबारदेखि चालक अनुमतिपत्रका लागि अनलाइन आवेदन खुल्ला गरेको थियो ।

अनलाइन आवेदन खुला भएको पाँच दिनपछि विभागको अनलाइन सर्भरमा समस्या आउँदा आवेदन बन्द गरिएको विभागले जनाएको छ ।

यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले प्रयोगकर्ताको चाप बढी हुँदा सर्भरमा समस्या उत्पन्न भएकाले केही समयका लागि अनलाइन आवेदन बन्द गरिएको जानकारी दिए । हाल मर्मत कार्य जारी छ भने मर्मत कार्य सकिएपछि पुनः सञ्चालनमा आउने हमालले बताएका छन् ।

सोमबार विभागले एक सूचना जारी गर्दै सवारी चालक अनुमतिपत्र अनलाइन फाराम सर्भरको मर्मत कार्यको लागि पुस २० गतेका लागि अनलाइन सर्भर बन्द गरिएको जानकारी दिएको हो ।

सोही कारणले सेवाग्राहीमा पर्न गएको असुविधाप्रति विभाग क्षमाप्राथी भएको उल्लेख गरिएको छ ।

 

गाउँ सहर डेस्क

तपाईँको मत