प्रेरणा

मानसिक रुपमा स्वस्थ र मजबुत रहन यी ब्यबहार अपनाउनुस्

आजकलको व्यस्त जीवनशैलीमा दिमागलाई अत्यधिक भार पर्छ । मानिस शारीरिक र मानसिक रुपमा फूर्तिलो हुनु आवश्यक पर्छ । जीवनमा उतारचढाव आइरहन्छ । जसको दिमाग मजबुत हुन्छ, उसले यस्ता उतारचढावलाई सहज तरिकाले लिन्छ । मानसिक रुपमा मजबुत रहन केही स्वस्थ ब्यबहार अपनाउन जरुरी हुन्छ ।

आफ्नो ब्यबहार, भावना र बिचार नियन्त्रण गर्न सक्यो भने सफलता धेरै नजिक हुन्छ । निम्न बिचारहरु मानसिक रुपमा मजबुत मान्छेसँग हुँदैनन् । यदि हामीले पनि यस्ता बिचार हटाउन सक्यौं भने मानसिक रुपमा मजबुत भएर सफलता हासिल गर्न सक्छौं ।

ध्यान गर्नहोस्

ध्यान गर्नहोस् । ध्यान गर्नाले मष्तिस्कका विकार कम हुन्छन् । शरिर स्वस्थ हुन्छ। शरिर स्वस्थ हुँदा मष्तिस्क पनि स्वस्थ हुन्छ। ध्यान गर्ने कयौं विधि छन्। जुनै विधि अपनाएपनि दिमागलाई केन्द्रित गराउन सक्ने हो भने स्मरण शक्ति बढ्छ । चिन्ता कम लिनुस, रिस कम गर्नुस् । रिस र चिन्ताले स्मरण शक्ति बढाउन मद्दत गर्दैन । बरु दिमागलाई अन्यत्र पुर्‍याउँछ अनि सोच्न सक्ने शक्तिमै कमी ल्याउँछ ।

गल्ती महशुस गर्ने, तनाव नलिने

गल्ती कसले गर्दैन रु जानेर पो गर्नहुँदैन । नजानेर हुने गल्तीका लागि धेरै मान्छे पछुताउछन् । तर, यो गलत बानी हो । एकचोटी भएको गल्तीलाई सम्झिरहँदा दिमाग क्षय हुन्छ । त्यसैले गल्ती नदोहोर्‍याउने बिचार लिएर भएको गल्तीमा नअल्झिने सोच बनाउनुपर्छ ।

अर्काको नजरबाट आफूलाई नहेर्ने

धेरै मान्छेले जिन्दगीमा दोहोर्‍याउने गल्ती हो यो, अरुले ‘राम्रो’ भन्दा मख्ख पर्ने र ‘नराम्रो’ भनेपछि खिस्रिक्क हुने । यही गल्तीले मान्छेलाई पछारिरहेको हुन्छ । सधैँ अरुले हौसला प्रदान गर्देनन् र सबै आफ्ना अनुकल हुँदैनन् । अरुले खराब भनिदिँदा खराब महशुस गर्ने बानी त्याग्यो भने दिमाग बलियो बन्दै जान्छ ।

परिवर्तनसँग नडर्ने

मान्छे ठिकठाक अवस्थामा छ भने ऊ परिवर्तनदेखि डराउँछ । परिस्थितिको परिबर्तन नयाँ अवसरको ढोका ठान्नेहरु मात्रै यो दुनियाँमा तेज बुद्धि भएकामध्य परेका छन् । सफलताको माथिल्लो सिढीमा उनीहरु नै पुगेका छन् ।

यस्ता मान्छेले परिवतृनलाई सधैँ स्वागत गर्छन् र समयसँगै आफूलाई बदल्छन् । त्यसैले परिवर्तनसँग डराउने होइन डटेर सामना गर्ने बिचारले बुद्धि बढाउँछ ।

एक्लोपन महशुस नगर्ने

धेरै मान्छे साथीसँग अधिकांस समय कटाउन रुचाउछन् । यो दिमाग क्षय गर्ने सबभन्दा ठूलो कारण हो । किनकि साथीहरुमाझ दिमागले नयाँ कुरा सोच्ने र एकोहोरिने अवसर पाउँदैन ।

बिस्तारै त्यसरी सोच्ने ग्रन्थी बन्द हूँदै जाँदा असफलता हात लाग्छ । त्यसैले एक्लोपनसँग डराउने होइन, त्यसको सदुपयोग गर्ने बानी बसाल्नुपर्छ । आफ्नो खुशीका लागि साथीमा निर्भर नभइ एक्लै रमाउनु पनि सफलताका लागि कारक बन्न सक्छ ।

जल्ने होइन, आइडिया लिने

असाध्यै धेरैको सामूहिक रोग हो, अर्काको प्रगतीमा जल्ने । आफ्नो सफलता भन्दा अर्काको असफलतामा रम्ने बानीले अन्ततः मान्छेलाई त्यही रुपमा बदल्छ । दिमाग पनि आफ्नो सफलताका लागि भन्दा अर्काको असफलताका लागि चल्छ ।

आफू अघि बढ्ने समय अर्काको खुट्टा तान्न खर्चिदा कहिल्यै सफलता हासिल गनृ सकिदैन । बरु उससँग सफलताका आइडिया लिएर अघि बढ्दा सहयोग पुग्छ ।

अरुसँग तुलना नगरौं

आफ्नो तुलना कोही अर्कोसँग गर्नुहँदैन । किनकि जन्म नै फरक तरिकाले भएकाले कुनै कुरामा समानता हुने संभावना नै हुँदैन । आफूलाई अरुसँग राखेर हेर्दा जहिले पनि कमजोर महशुस हुन्छ ।

आफूसँग उसको तुलना गरेर के छैन रु भनेर सोच्दा अभाव देखिन्छ । बरु आफूसँग भएको कुरालाई कसरी बढी प्रयोग गर्न सकिन्छ भनेर सोचौँ । जसले गर्दा दिमागले सदा विकल्प दिइरहन्छ । एजेन्सीकाे सहयाेगमा

गाउँ सहर डेस्क

तपाईँको मत