गाउँ सहर

गण्डकी प्रदेश नेपाल प्रहरी श्रीमती संघ पोखराले बाँडयो् राहत सामग्री 

पोखरा । गण्डकी प्रदेश नेपाल प्रहरी श्रीमती संघ पोखराले तनहुँ जिल्लाको देवघाट गाउँपालिका १ बसेनीटार स्थित रहेका आर्थिक अवस्था कमजोर भएका घर परिवारलाई न्यानो कम्मल र खाद्यान्न वितरण  गरेको छ ।

कोरोना भाईरसका कारण आफ्नो दैनीकी गुमाएका र जिविकोपार्जनमा समस्या भएकाहरुको  जनजीवनलाई मध्यनजर गर्दै जाडोमा उक्त स्थानका नागरिकहरुको जनजीवनमा  केही मात्रामा भएपनि सहजता प्रदान गर्ने उदेश्यले संघले उक्त कार्यक्रम सम्पन्न गरेको हो ।

स्थानीय ज्येष्ठ नागरिक खड्क बहादुर भुजेललाई कम्मल, चामल, दाल र चिउरा हस्तान्तरण गर्दै उक्त कार्यक्रमका अध्यक्ष एवं संघका अध्यक्ष सरस्वती अर्यालले कार्यक्रमको उद्घाटन गरेकी थिइन् ।

देवघाट गाउँपालिकाको तथ्याङ्क अनुसार ९५ प्रतिशत जनजाती र आर्थिक सि्थति कमजोर भएका नागरिकहरुको बसोबास रहेको उक्त  बसेनिटार गाउँमा संघद्धारा १०० घर परिवारलाई  न्यानो कम्मल तथा चामल, दाल र चिउरा समेत वितरण गरिएको छ ।

राहत वितरण पश्चात कार्यक्रममा आफ्नो मन्तव्य राख्दै नेपाल प्रहरी श्रीमती संघका अध्यक्ष सरस्वती अर्यालले संघद्वारा गरिएको राहत वितरणबाट लाभानि्वत हुने नागरिकका सबै समस्याहरु समाधान गर्न नसकिएता पनि यसबाट केही हदसम्म उनीहरुको जनजीवनमा सहजता प्रदान गर्न संघले प्रयास गरेको बताइन् ।

कार्यक्रममा बोल्दै देवघाट गाउँपालिकाका अध्यक्ष दुर्गा बहादुर थापाले नेपाल प्रहरी श्रीमती संघ पोखराको उक्त परोपकारी कार्यप्रति आभार प्रकट गरेका थिए ।
 

गाउँ सहर संवाददाता

Hari Thapa लेख्नुहुन्छ २१ पौष, २०७७ ०८:२२ am

Gandaki pardas ma police hospital xa ke xn vaya kata xa

तपाईँको मत