गाउँ सहर

विकासमा महिला जाग्नुपर्दछ : उपमेयर गुरुङ

पोखरा । पोखरा महानगरपालिकाका उपमेयर मञ्जुदेवी गुरुङले विकासमा अब महिला जाग्नुपर्ने बताएकी छन् । पोखरा–५, प्रस्र्याङ, धारापानी स्थित धारापानी महिला बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको दोस्रो वार्षिक साधारणसभा तथा उक्त सहकारीद्वारा संचालित मन्टेश्वरीको भवन उद्घाटन कार्यक्रममा उपमेयर गुरुङले विकासमा अब महिला जाग्नुपर्ने औँल्याउँदै आर्थिक रुपमा पछाडि परेसम्म महिला शसक्तीकरण नहुने धारणा राखेकी हुन्  ।

जीवन सिकाई भएको चर्चा गर्दै उपमेयर गुरुङले बालबालिकाको सिकाईका लागि सहकारीले मन्टेश्वरी संचालनको सुरुवात गर्नु निकै राम्रो भन्दै उपमेयरसँग महिला कार्यक्रमसँग जोडिन सहकारीलाई आग्रह समेत गरिन् ।

पोखरा महानगरपालिका सहकारी समितिका अध्यक्ष तेजनारायण अधिकारी,वडासदस्य हरीमाया विक, जग्गादाता वसन्तराज अधिकारी, धारापानी टोल 'ख' का अध्यक्ष धनञ्जय पौडेल, शिक्षाप्रेमी हेरम्बप्रसाद कोइराला, सफल महिला विकास समितिका अध्यक्ष सिर्जना शाह, सल्लाहाकार सुभद्रा कोइराला, सहकारीकी अध्यक्ष राधिका आचार्य, मन्टेश्वरीकी अध्यक्ष कल्पना बास्तोला लगायतले पनि धारणा राखेका थिए।

गाउँ सहर संवाददाता

तपाईँको मत