गाउँ सहर

नक्कली पीसीआर रिपोर्ट बाेकेर सात जना दुबई जान विमानस्थल पुगेपछि...

काठमाडौं । दुबई जान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका सात जना पक्राउ परेका छन् ।

नक्कली पीसीआर रिपोर्ट बनाएर दुबई जान खोजेका सात जनाजनालाई शनिबार बेलुका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएकाे हाे ।

फ्लाई दुबईको उडान नम्बर एफ ५७४ मा दुबई जान लागेका उनीलाई जाँच्ने क्रममा पीसीआर नक्कली भएको पाइएपछि प्रहरीले पक्रेको हो ।

पक्राउ पर्नेहरुमा सल्यानका दिनेश सिंह, धुनषाका नारायण महतो, छेदी महतो, सोलेन्द्र महतो, मकवानपुरका रोशनप्रसाद आचार्य, अर्घाखाँचीका प्रविन भट्टराई र सिन्धुपाल्चोकका माइला तामाङ हुन् ।

सेन्टर डायग्नोस्टिक ल्याब्रोटरी एन्ड रिसर्च सेन्टर र ह्याम्स अस्पतालको नाममा नक्कली पीसीआर रिपोर्ट बनाएर दुबई जान लागेको भन्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको हुँदा उनीहरुलाई थप अनुसन्धान र कारबाहीको लागि महानगरीय प्रहरी वृत्त गौशाला पठाइएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत