स्वास्थ्य

कोरोनाभाइरसविरुद्धका भ्याक्सिन नै भ्याक्सिन, कुन बढी प्रभावकारी ? 

भारतमा आपतकालिन प्रयोगमा स्वीकृति, नेपालमा राहत !

काठमाडौँ । संसारभर यो समय कोरोनाविरुद्धको २३२ भ्याक्सिनमा काम भइरहेको छ । डब्लूएचओ भ्याक्सिन लेण्डस्केपका अनुसार, यसमध्ये १७२ भ्याक्सिन प्री-क्लिनिकल ट्रायल्समा छन् । अर्थात यी भ्याक्सिनको ल्याबमा परीक्षण चलिरहेको छ । यहिँ ६० भ्याक्सिन क्लिनिकल ट्रायल्समा छन् । सामान्यतया क्लिनिकल ट्रायल्समा कयौँ वर्ष लाग्ने गर्दछ । तर कोरोनालाई आपतकालिन मानेर संसारमा अहिलेसम्म १० भ्याक्सिनलाई इमरजेन्सी अप्रूभल दिइएको छ ।

  • यो समय चीनको ४, रुसको २, अमेरिकाको २, ब्रिटेन र भारतको १,१, भ्याक्सिनलाई इमरजेन्सी अप्रूभल मिलिसकेको छ ।
  • यसमध्ये नयाँ भ्याक्सिन भारतको कोभेक्सिन छ, जसलाई ३ जनवरीमा अप्रूभल प्राप्त भएको छ । अक्सफोर्ड-एस्ट्राजेनेको कोभिशिल्डलाई ब्रिटेनले ३० डिसेम्बरमा इमरजेन्सी अप्रूभल प्राप्त भएको थियो ।
  • करिब १६ देशमा भ्याक्सिनेशन सुरु भइसकेको छ ।
  • संसारभरमा ७ भ्याक्सिन अहिले पनि फेज ३ ट्रायल्समा छन र तिनलाई कतै आपतकालिन प्रयोगमा अनुमति मिलेको छैन ।
  • २० भ्याक्सिन फेज २ ट्रायल्समा छन र २२ भ्याक्सिन पहिलो फेजको मानव परीक्षणमा छन् ।
  • फाइजरको भ्याक्सिनलाई कम्तिमा १२ देशमा मन्जुरी मिलेको छ । फाइजरले भारतमा इमरजेन्सी अप्रूभल मागेको पनि छ ।

चार भ्याक्सिनको ट्रायल्सको नतिजा आएको छ । अक्सफोर्ड-एस्ट्राजेनेकाको भ्याक्सिन कोभिशिल्ड ९० प्रतिशत प्रभावकारी देखिएको छ । यस्तै बायोएनटेक ९५ प्रतिशत, मोडर्ना ९४.५ प्रतिशत र स्पूतनिक-भी ९५ प्रतिशत प्रभावी भएको नतिजाले देखाइसकेको छ ।

उता चीनमा ४ र रुसमा १ भ्याक्सिनलाई ट्रायल्सभन्दा पहिले नै इमरजेन्सी अप्रूभल मिलेको छ । चीनको सिनोभेक, वुहान क्याण्डिडेट, बेइजिंग क्याण्डिडेट, केनसिनो बायोलोजिक्स भ्याक्सिन हुन भने रुसको इपिभेककोरोनालाई पनि इमरजेन्सी प्रयोग गर्न अनुमति मिलेको छ ।

यता छिमेकी देश भारतमा उसको देशी भ्याक्सिनसमेत ५ भ्याक्सिनको दौड अन्तिम चरणमा छन् । भारतको कोभैक्सिनलाई आपतकालीन प्रयोगको अनुमति ३ जनवरीमा मिलेको छ ।

नजिकै भारतमा आपतकालिन प्रयोग अनुमतिसँगै नेपालमा लामो श्वास फेर्न थालिएको छ ।

गाउँ सहर डेस्क

तपाईँको मत