राजनीति

संसद् विघटन विरूद्ध कांग्रेसद्वारा वडास्तरदेखि विरोध कार्यक्रम घाेषणा

काठमाडौं । प्रमुख प्रतिपक्ष कांग्रेसले पनि संसद् विघटनको विरोधमा आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

आइतबार बसेको केन्द्रीय कार्यसमिति बैठकबाट सडक संघर्षका कार्यक्रम ल्याएको हो ।

कांग्रेसले पुस २५ गते ३ सय ३० प्रदेश निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्ने कार्यक्रम छ । त्यस्तै माघ ३ गते नगर र गाउँपालिका र माघ ८ गते वडास्तरमा विरोध प्रदर्शनका कार्यक्रम घोषणा गरिएको छ ।

कांग्रेसले भातृ तथा शुभेच्छुक संस्था र जिल्ला कार्यसमितिहरुलाई पनि केन्द्रको कार्यक्रमसँग नजुध्ने गरी सडक संघर्षका कार्यक्रम गर्न निर्देशन दिएको छ । केन्द्रीय कार्यसमितिको बैठकमा अहिले नेताहरुले बोल्ने क्रम जारी छ ।

यसअघि कांग्रेसले गत पुस १३ गते देशका १६५ वटै निर्वाचन क्षेत्रमा प्रदर्शन गरेको थियो । गत पुस ५ गते प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिद्वारा संसद विघटन गरिएपछि कांग्रेसले यसको विरोध गर्दै आएको छ ।

कांग्रेसले संसद विघटन असंवैधानिक र अलोकतान्त्रिक कदम भएको बताउँदै आएको छ ।

 

गाउँ सहर संवाददाता

तपाईँको मत