समाज

मूर्ति चोर्ने वडा सदस्यसहित तीन जना पक्राउ 

चितवन । मूर्ति चोर्ने वडा सदस्यसहित तीन जनालाई प्रहरीले  पक्राउ गरेको छ । मूर्ति चोरेको अभियोगमा चितवनको रत्न नगरनगरपालिकाबाट वडा सदस्यसहित तीन जना पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा रत्ननगर नगरपालिका–१२ का वडा सदस्य ठूलोकान्छा तामाङ, रत्ननगर–१२ कै सुरज तामाङ र रत्ननगर–११ का रोजबहादुर योञ्जन रहेका छन् । सत्ताइस किलोको बुद्धको मूर्ति चोरीमा संलग्न रहेको अभियोगमा पुस १६ गते पक्राउ परेका उनीहरूलाई शनिबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो ।

उनीहरूले रत्ननगर–१२ जिरौनाका जहारसिंह तामाङको घरमा लुकाएर राखिएको अवस्थामा अन्दाजी १०० वर्ष पुरानो पुरातात्विक महत्वको पित्तलको मूर्ति बरामद भएको इलाका टाँडीका प्रहरी नायब उपरीक्षक रबिन कार्कीले बताएका छन् । 

उनीहरूलाई जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको छ । दोषी ठहर भए उनीहरूलाई पाँचदेखि १५ वर्षसम्म कैद हुनसक्ने कार्कीले जानकारी दिएका छन् । 

 

 

गाउँ सहर डेस्क

तपाईँको मत