खेल

प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेटको  उपाधि प्रदेश १ लाई 

लमही । प्रदेश १ ले प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेकोे छ । आइतबार भएको फाइनल खेलमा विभागीय टोली एपीएफलाई हराउँदै प्रदेश १ ले उपाधि रक्षा गरेकोे हो ।  प्रदेश १ ले पहिलो पटक पीएम कपको उपाधि जितेको हो । सविकको विजेता एपीएप भने सहजै पराजित हुन पुगेको हो । प्रदेश १ लाई एपीएफले ६ रनले हराएको हो । 

दाङको लमही स्थित देउखुरी क्रिकेट मैदानमा प्रदेश १ ले उपाधि जितका लागि दिएको १०६ रनको लक्ष्य एपीएफले निर्धातिर २० ओभर सात विकेट गुमाउँदै ९९ रन बनाएको थियो ।  एपीएफका लागि ममता चौधरीले सर्वाधिक ३४ रनको योगदान गरिन् । त्यस्तै करुणा भण्डारीले २६ रन बनाउँदा जोति पाड्यले १४ रनको योगदान गरिन् । 

बलिङतर्फ प्रदेश १ का लागि कप्तान रुविना श्रेत्रिले २ विकेट लिइन् । त्यस्तै अलिसा खाडियाले पनि दुई विकेट लिन सफल भइन् । संगिता राईले पनि एक विकेट लिन सफल भइन् ।  यसअघि टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश १ ले निर्धारित २० ओभरमा चार विकेट गुुमाउँदै १०५ रन बनाउन सफल भए । 
प्रदेश १ का लागि अप्सरी बेगमले ३४ रनको योगदान गरिन् । ४५ बल खेलेकी उनले ५ चौकाको सहयोगमा ३४ रन बनाउन सफल भइन्। 

प्रदेश १ का लागि काजल श्रेष्ठले नट आउट २९ रनको योगदान गरिन् । त्यस्तै कप्तान रोविना श्रेत्रीले १८ रन बनाउँदा निशा शाहले रनको योगदान गरिन् ।  बलिङतर्फ एपीएफका लागि कप्तान सिता राना मगरले सर्वाधिक तीन विकेट लिइन् । त्यस्तै करुणा भण्डारीले एक विकेट लिन सफल भएकी छिन् । 

गाउँ सहर डेस्क

तपाईँको मत