स्वास्थ्य

कोरोनाबाट थप आठ जनाको मृत्यु, ५ हजार ८०० को परीक्षण हुँदा ४२१ संक्रमित थपिए 

काठमाडौँ । पछिल्लो २४ घण्टामा कोरोनाबाट थप आठ जनाको मृत्यु भएको छ । आज थपिएकासहित कुल मृतकको संख्या १८७८ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६३७ जनाले स्वास्थ्य लाभ गरेका छन भने नयाँ संक्रमित ४२१ थपिएका छन् । यो सहित निको भए २,५४,४९४, कुल संक्रमित २,६१,८५९ जना पुगेका छन् । 

मन्त्रालयका अनुसार आजसम्ममा १९,४८,५०२ जनाको पिसिआर परीक्षण भएको छ । देशमा अहिले ५ हजार ४८७ सक्रिय संक्रमित रहेका छन् । देशभर संस्थागत आइशोलेशनमा ५,४८७ र क्वारेन्टाइनमा ३६७ रहेका छन् ।

गाउँ सहर संवाददाता

तपाईँको मत