कला

पारदर्शी ड्रेसमा मौनी राय

एजेन्सी। नागिन कलाकार मौनी राय सामाजिक सञ्जालमा धेरै सक्रिय छिन् । उनले फ्यानहरुलाई आकर्षक र बोल्ड तस्वीर सेयर गरी रहेकी हुन्छिन् । हाल उनले पारदर्शी ड्रेसमा लिएका केही तस्वीरहरु सार्वजनिक गरेकी छिन् ।

कालो रङको टु पिसमा नेट अपरमा मौनी रायलाई देखेर उनका फ्यानहरुले धेरै तारिफ गरेका छन् । यी तस्वीरको कारण फेरी मौनी राय चर्चामा आएकी छिन् ।

यो तस्वीरको साथमा मौनीले लेखेकी छिन्, ‘एक गहिरो सास लिए र मेरो दिलको पुरानो कुरा सुने । मै हुँ ।’ नागिन सिरीयलबाट घर–घरमा पुगेकी मौनी । उनी अक्षय कुमारको साथमा गोल्ड फिल्मबाट बलिउडमा प्रवेश गरेकी थिइन् । उनको पछिल्लो फिल्म लन्डन कान्फिडेसिशयल निकै चर्चामा रहेको छ । उनको ब्रहास्त्र  आउने तयारीमा रहेको छ ।

गाउँ सहर डेस्क

तपाईँको मत