शिक्षा

आंशिक प्राध्यापकले सिटीदेखि शंख फूकिसके, अन्जान बन्दै त्रिवि, उपकुलपति १८ दिनदेखि कार्यालय नै गएनन्

काठमाडौँ । विभिन्न माग राखेर त्रिभुवन विश्वविद्यालयका आंशिक प्राध्यापकहरू उपकुलपति कार्यालयअगाडि धर्नामा छन् । उनीहरुको आन्दोलन भएको आज १७ औँ दिन हो । तरपनि त्रिवि अन्जान जस्तै बनेको छ ।

पटक पटकका सहमति कार्यान्वयन नगरेको त्रिविले आंशिक प्राध्यापकको माग सम्बोधन गर्न तदारुकता देखाउनुपर्नेमा झनै बेखबर जस्तै बनेको छ । यसको प्रत्यक्ष उदाहरण हो उपकुलपति १८ दिनदेखि कार्यालय नआउनु ।

समान ज्याला, करारलगायतका माग राखेर देशभरका त्रिवि आंशिक प्राध्यापकहरु धर्ना र आन्दोलनमा छन तर त्रिविले चासो नदिँदा देशभरका क्याम्पसहरुमा असर गरेको छ ।

अनौपचारिक वार्ता गरिएपनि १५ वर्षदेखि पढाइरहेका शिक्षकलाई त्रिविले निरन्तर धोका दिइरहेको आंशिक प्राध्यापक गोविन्द गिरीले बताए । उनले भने, ‘निरन्तर धोकाखडी भएको छ, अझैपनि अन्जान बनेको छ त्रिवि । यसपटक हामी सहमति कार्यान्वयन नगरी यहाँबाट उठ्दैनौँ ।’

अर्का आंशिक प्राध्यापक इश्वर जाेशीले भने, ‘माग सम्बाेधन नगर्ने नै यहिँका पदाधिकारी हुन् । कहिले पैसा छैन, कहिले दरवन्दी छैन भन्छन् तर त्याे सत्य हाेइन । यिनीहरूकाे नियत नै सफा देखिएन । जायज माग सम्बाेधन गर्नु पर्छ कि पर्दैन ? हामीले मागेका कुरा के असम्भव हुन् ? न्याय खाेज्न पाइने कि नपाइने ? तुरून्त माग सम्बाेधन गर्नुपर्छ । नत्र मागमा पदाधिकारीकाे राजीनामा पनि थप्नेछाैँ । हाेइन, नसक्ने हाे भने पदाधिकारीहरूले तुरून्त राजिनामा दिनुपर्छ ।’

त्रिभुवन विश्वविद्यालयका विभिन्न प्राध्यापकहरुको छाता संगठन, मन्त्रीपरिषद, प्रधानमन्त्री र राष्ट्रपति कार्यालय सकारात्मक हुँदापनि आंशिकको मागमा त्रिवि पदाधिकारीले सकारात्मकता नदेखाउँदा आंशिक प्राध्यापकहरु १७ दिनदेखि कहिले सिटी जुलुस त कहिले शंख जुलुस गर्न बाध्य बनेका छन् ।

गाउँ सहर संवाददाता

Radhika Kunwar लेख्नुहुन्छ १९ पौष, २०७७ २:२६ pm

त्रिभुवन विश्वविद्यालयका विभिन्न प्राध्यापकहरुको छाता संगठन, मन्त्रीपरिषद, प्रधानमन्त्री र राष्ट्रपति कार्यालय सकारात्मक हुँदापनि आंशिकको मागमा त्रिवि पदाधिकारीले सकारात्मकता नदेखाउँदा आंशिक प्राध्यापकहरु १७ दिनदेखि कहिले सिटी जुलुस त कहिले शंख जुलुस गर्न बाध्य बनेका छन् ।

wagle dai लेख्नुहुन्छ १९ पौष, २०७७ २:२५ pm

जायज माग सम्बाेधन गर्नु पर्छ कि पर्दैन ? हामीले मागेका कुरा के असम्भव हुन् ? न्याय खाेज्न पाइने कि नपाइने ? तुरून्त माग सम्बाेधन गर्नुपर्छ ।

Udhdav Adhikari लेख्नुहुन्छ १९ पौष, २०७७ २:२४ pm

he bhagawan, yo desh bandainaa,,, padauneko halat hernus ta!

Hari Acharaya लेख्नुहुन्छ १९ पौष, २०७७ २:२२ pm

Nahasao, tatkal karar gara...

Abishek Sapkota लेख्नुहुन्छ १९ पौष, २०७७ २:२२ pm

उपकुलपति १८ दिनदेखि कार्यालय नअाउनुले के संकेत हाे ?

नानी मैयाँ लेख्नुहुन्छ १९ पौष, २०७७ २:२० pm

https://www.youtube.com/watch?v=ajQT79AXIcc

Yubaraj Shrestha लेख्नुहुन्छ १९ पौष, २०७७ २:१९ pm

त्रिवि पदाधिकारी मुर्दावाद, माग सम्बाेधन गर् ।

तपाईँको मत