गाउँ सहर

१५ कट्ठामा लगाइएको गाँजा खेती नष्ट

बारा । प्रहरीले १५ कट्ठामा लगाइएको गाँजा खेती नष्ट गरेको छ । सशस्त्र प्रहरी कार्यालय बाराले १५ कट्ठामा लगाइएको अवैध गाँजा फडानी गरी नष्ट गरेको हो ।

निजगढ नगरपालिका वडा नंम्बर १२ रामथलीस्थित बोहोरा डाँडामा पाँच कट्ठा र हरिडाँडामा १० कट्ठा जग्गामा लगाइएको गाँजा नष्ट गरेको सशस्त्र प्रहरी नायव उपरीक्षक सञ्जीव पाण्डेले जानकारी दिएका छन् ।

सशस्त्र प्रहरी बल नेपाल अस्थायी सुरक्षा बेस रत्नपुरी लालबाट सशस्त्र प्रहरी नायब निरीक्षक चन्द्र बहादुर क्षेत्रीको कमाण्डमा खटिएको सशस्त्र प्रहरी टोलीले उक्त गाँजा नष्ट गरेको बताएको छ ।

गाउँ सहर डेस्क

तपाईँको मत