कला

‘एउटा यस्तो प्रेम कहानी’ माघ १ गतेबाट प्रदर्शनमा आउने

काठमाडौँ । अभिनेता शिव श्रेष्ठ प्रस्तुतकर्ता रहेको फिल्म ‘एउटा यस्तो प्रेम कहानी’ माघ १ गतेबाट प्रदर्शनमा आउने भएको छ । माघे संक्रान्तिको अवसर पारेर फिल्म प्रदर्शनमा ल्याउन लागिएको निर्माण युनिटले जनाएको छ । 

निर्माण टिमले एक पोस्टर सार्वजनिक गर्दै फिल्मको प्रदर्शन मिति घोषणा गरेको हो । पोस्टरमा अभिनेता शिव श्रेष्ठ र अभिनेत्री प्रियंका कार्कीलाइ देख्न सकिन्छ । 

शिव श्रेष्ठ, प्रियंका कार्की, आयुष्मान देशराज जोशी, वर्षा राउत, संजोग कोइराला, बसुन्धरा भुषाल, मिथिला शर्मा लगायतका कलाकारको अभिनय रहेको फिल्मबाट संयग दर्शनधारीसँगै अभिनेत्री करिश्मा मानन्धरकी छोरी कविता मानन्धर र अभिनेता शिव श्रेष्ठका छोरा शक्ति श्रेष्ठले अभिनयमा डेब्यू गरेका छन् ।

दीपेश सापकोटाको निर्देशन रहेको उक्त फिल्म फिस्टेल मुभिजको ब्यानरमा निर्माण भएको छ । यशोधा राई र दिनेश दर्शनधारीले निर्माण गरेको फिल्ममा खुम तामाङ, सुनिल कटवाल, रामनारायण शाह, दिनेश थापा मगर, तारा तुलाधर सह–निर्मातामा  रहेका छन् ।

गाउँ सहर डेस्क

तपाईँको मत