समाज

मानव सेवा आश्रम कास्कीद्धारा सडक मानवको उद्धार

दमौली । मानव सेवा आश्रम कास्कीद्धारा सडक मानवको उद्धार गरिएकाे छ । सडकमा कष्टकर जीवन बिताइरहेका ९ जनाको तनहुँबाट उद्धार गरिएको हाे । जिल्लाको व्यास नगरपालिकाबाट पाँच र शुक्लागण्डकी नगरपालिकाबाट चार जना सडकमा बस्ने मानिसको मानव सेवा आश्रम कास्की शाखाले उद्धार गरेको जनाएको छ ।

स्थानीय तह र डिसु नेपालको सहयोगमा आश्रमले शुक्रबार व्यास र शनिबार शुक्लागण्डकीबाट उद्धार गरेको जनाएको छ । यतिबेला सडक मानवमुक्त बनाउन मानव सेवा आश्रमले मेची–महाकाली उद्धार अभियान चलाएको अभियानकर्मी राजन सापकोटाले जानकारी दिएका छन् ।

यो अभियान पुस ७ गते शुरु भएको थियो भने माघ ७ मा सकिनेछ । सापकोटाका अनुसार गण्डकीमा पनि सहाराविहीन सडक मानवको उद्धार अभियान जारी छ । “खाना, नाना र छानाको अभावमा तड्पिरहेकालाई उद्धार गरिरहेका छौँ”, उनले भने । कास्कीको छोरेपाटनमा रहेको मानव सेवा आश्रममा हाल १२८ जनाले आश्रय पाएका छन् ।

गाउँ सहर डेस्क

तपाईँको मत