स्वास्थ्य

काेराेनाभाइरसबाट ६ कराेड जना संक्रमणमुक्त, २ कराेड ३० लाख जनामा अझै भाइरस सक्रिय

काठमाडौं । विश्वभर (कोभिड-१९) कोरोनाभाइरसबाट संक्रमित हुने र निको हुने दुवैको संख्या बढिरहेको छ । विश्वभर हाल २ कराेड ३० लाख ३८ हजार जनामा काेराेनाभाइरस सक्रिय छ ।

संक्रमितमध्ये हालसम्म विश्वभर निको हुनेको संख्या ६ करोड ९३ हजार जना भन्दा बढि छन् । 

वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार संक्रमितको संख्या भने ८ करोड ४९ लाख ७५ हजार नाघेको छ भने मृतकको संख्या १८ लाख ४३ हजार ३१३ जना पुगेको छ । 

यो समाचार तयार पार्दासम्मको इन्फोका अनुसार सक्रिय केशमध्ये १ लाख ६ हजार ५१० जनाको अवस्था गम्भीर छ ।

भाइरसका कारण अमेरिकामा विश्वकै सबैभन्दा बढिको मृत्यु भएको छ । अमेरिकामा २ कराेड ९ लाख ४ हजार भन्दा बढि संक्रमित मध्ये त्यहाँ अहिलेसम्म ३ लाख ५८ हजार भन्दा बढि जनाले ज्यान गुमाइसकेका छन् भने २९ हजारको अवस्था गम्भीर छ । अहिलेसम्म १ कराेड २३ लाख ६१ हजार भन्दा बढि जना निको भइसकेका छन् भने ८१ लाख ८४ हजार जनामा भाइरस सक्रिय छ । 

छिमेकी मुलुक भारतमा संक्रमित संख्या हालसम्म १ कराेड ३ लाख २४ हजार ६३१ जना सहित विश्वभर कोरोनाभाइरस धेरै संक्रमण हुने देशहरूको सूचीमा दाेस्राे नम्बरमा छ । संक्रमित मध्ये १ लाख ४९ हजार ४७१ जनाको ज्यान गइसकेको छ । जसमध्ये ९९ लाख २६ हजार ५२७ जना निको भएका छन् । सक्रिय केस २ लाख ४८ हजार ६३३ मात्र छन् जसमध्ये ८ हजार ९४४ जनाको अवस्था गम्भीर छ । 

तेस्राे स्थानमा रहेकाे ब्राजिलमा ७७ लाख १६ हजार जना संक्रमितमध्ये ६७ लाख ६९ हजार निकाे भइसकेका छन् । मृत्यु हुने भने १ लाख ९५ हजारभन्दा बढी छन् । हाल ७ लाख ५१ हजार जनामा काेराेना भाइरस सक्रिय छ ।

नेपालमा भाइरस संक्रमित २ लाख ६१ हजार ४३८ जना पुगेका छन् भने २ लाख ५३ हजार ८५७ जना निको भइसकेका छन् । अहिलेसम्म मृतकको संख्या १ हजार ८७० पुगेको छ भने ५ हजार ७११ जना उपचाररत छन्  ।

गाउँ सहर डेस्क

तपाईँको मत