जीवनशैली

नयाँ वर्षसँगै विज्ञ सुझाइरहेका छन् - आत्मियता र सामाजिक सहयोग अत्यन्तै जरुरी

वर्ष २०२० बितेको छ । सन् २०२१ को दोस्रो दिन बितिसकेको छ ।

अघिल्लो वर्ष संसारभर कोरोनाभाइरसका कारण लकडाउन, जनसँगै धनको ठूलो क्षति भएको छ । यसको धेरै साइडइफेक्ट देखिएका छन् जस्तो: नोकरी गयो, अर्थव्यवस्था ध्वस्त भयो धेरैको ज्यान गयो ।

साथै मानिसहरुमा मानसिक समस्याको सामना गरिरहनुपरेको छ । घर तथा परिवारबाट टाढा हुनु परेको छ । यसले तनाव, एंग्जाइटी र डिप्रेशनको केशहरु बढेका छन् । तर विज्ञका अनुसार यसलाई एउटा गत्तिलो शिक्षाको रुपमा ग्रहण गर्नुपर्ने बताइरहेका छन् । उनीहरुले केहि सल्लाह पनि दिइरहेका छन् ।

अमेरिकाका प्रोफेसर जूलियन हल्ट लंसटेडका अनुसार- एक्लोपनाबाट बाहिर निस्कनको लागि कनेक्टिभिटी र सोशल सपोर्टको आवश्यकता पर्दछ ।

यस्तो अवस्थामा नयाँ व्यक्तिसँग कसरी मिल्ने ?

विज्ञ जूलिया होट्जले यो समयमा डिजिटल रुम र सोशल इन्ट्रायक्सन गर्नुपर्ने बताउँछिन् ।

उनीहरुले यो समयमा मानसिक एवं शारीरिक समस्या भगाउनको लागि भिटामिन डी को कमी हुन नदिने तर्क गर्छन् । साथै सोशल थेरापी पनि गर्नुपर्ने सुझाएका छन् । न्यूयोर्क टाइम्सको सहयोगमा
 

गाउँ सहर डेस्क

तपाईँको मत