राजनीति

प्रचण्ड-नेपाललाई ओलीकाे कटाक्ष : खिया लागेका दुई वटा ‘नटबोल्ट ’ फुत्किएपछि पार्टी गतिशील

काठमाडौं । नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललाई कटाक्ष गर्दै खिया लागेका दुई वटा ‘नटबोल्ट ’ फुत्किएपछि आफ्नो पार्टी गतिशील बनेको दाबी गरेका छन् ।

काठमाडौं जिल्लास्तरीय भेलालाई सम्बोधन गर्दै ओलीले एकताको तीन वर्षसम्म पार्टी हलनचल भएको बताए । उनले भने, समस्या कहाँ रहेछ ? खिया कहाँ लागेको रहेछ ? दुइटा नटबोल्ट फेर्दा गाडी अगाडि ।’

उनले प्रचण्ड-नेपाल खेमालाई लक्षित गर्दै भने, ‘जसको घर हो, ऊ निवेदन हाल्न जान्छ ? मेरो घर हो भनेर ? हामीले बनाएको पार्टी मेरो हो भनेर हामी निवेदन हालिरहन पर्ने छैन । भेट्नो कुहिएर झरेका दुई वटा फलले रुखै मै हुँ भनेर दाबी गर्न मिल्छ ?’

प्रधानमन्त्री समेत रहेका ओलीले अर्का समूहले असली हामी हौं भनेर निवेदन हालेको भनेर निर्वाचन आयोगबाट शुक्रबार एउटा पत्र प्राप्त भएको बताए । अघि भने, ‘असली र नक्कली भन्न यो बरमझियाको बुढाको पेडा पसल हो ?’

जसको घर हो, उ मेरो घर हो भनेर निवेदन हाल्न नजाने उनले बताए । ओलीले अघि भने, ‘हामीले बनाएको हो पार्टी, हामी निवेदन हाल्न जान जरुरी छैन ।’

‘अलिअलि मान्छे त सिसीमा औषधि बिक्री गर्नेले पनि रत्नपार्कमा जम्मा गर्छ। उहाँहरुको हालत त्यो भन्दा बढी हुने छैन। टाउको दुखेको, पेट दुखेको, कम्मर दुखेको, गानोगोला भएको सबैको औषधि बिक्री गर्न रत्नपार्कमा केही मानिस भेला गर्ने काम अब उहाँहरुको हो। उहाँको राजनीति छैन। उहाँहरुको देश, जनता र लोकतन्त्र पनि होइन। संविधान पनि होइन। संविधान संशोधन गरेकोमा, नयाँ नक्सा छापेकोमा कत्रो पीडा ?’ उनले भने ।

गाउँ सहर संवाददाता

तपाईँको मत