गाउँ सहर

मन्त्री साह सवार गाडीद्वारा सर्वसाधारणलाई ठक्कर दिएर भाग्यो

मन्त्री साहको गाडीको ठक्करबाट घाइते भएका बच्चु तामाङ।

सर्लाही । सर्लाहीमा मन्त्री सवार गाडीको ठक्करबाट एकजना पैदलयात्री घाइते भएका छन् ।

शहरी विकास मन्त्री प्रभु साह सवार गाडीले पैदलयात्रीलाई ठक्कर दिँदा सामान्य घाइते भएको सर्लाहीका प्रहरी उपरीक्षक संतोष सिंह राठौरले जानकारी दिए ।

मन्त्री साह सवार गाडीले शनिबार सर्लाहीको हरिवनमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको साह सवार ना १ झ ३८४२ नम्बरको जिपले लालबन्दी नगरपालिका–८ का ३० वर्षीय बच्चु तामाङलाई ठक्कर दिएको थियो । घाइते तामाङको अवस्था सामान्य छ ।

ठक्कर दिने गाडीको अल्फाबेट देख्न नपाएका प्रत्यक्षदर्शीले प्रहरीलाई खबर गरेपछि मन्त्री साह चढेको गाडी रहेको फेला परेको थियो । 

गाउँ सहर संवाददाता

तपाईँको मत