स्वास्थ्य

शनिवारसम्म विश्वभर काेराेनाबाट १८ लाख ३५ ले ज्यान गुमाए, एक लाखभन्दा बढिकाे अबस्था चिन्ताजनक

काठमाडौं । विश्वभर (कोभिड-१९) कोरोनाभाइरसबाट संक्रमित हुने र निको हुने दुवैको संख्या बढिरहेको छ । विश्वभर हाल २ कराेड २९ लाख ४ हजार जनामा काेराेनाभाइरस सक्रिय छ ।

संक्रमितमध्ये हालसम्म विश्वभर निको हुनेको संख्या ५ करोड ९६ लाख ३४ हजार जना भन्दा बढि छन् । 

वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार संक्रमितको संख्या भने ८ करोड ४३ लाख ७४ हजार नाघेको छ भने मृतकको संख्या १८ लाख ३५ हजार २२१ जना पुगेको छ । 

यो समाचार तयार पार्दासम्मको इन्फोका अनुसार सक्रिय केशमध्ये १ लाख ६ हजार ५६१ जनाको अवस्था गम्भीर छ ।

भाइरसका कारण अमेरिकामा विश्वकै सबैभन्दा बढिको मृत्यु भएको छ । अमेरिकामा २ कराेड ६ लाख १७ हजार भन्दा बढि संक्रमित मध्ये त्यहाँ अहिलेसम्म ३ लाख ५६ हजार भन्दा बढि जनाले ज्यान गुमाइसकेका छन् भने २९ हजारको अवस्था गम्भीर छ । अहिलेसम्म १ कराेड २१ लाख ७५ हजार भन्दा बढि जना निको भइसकेका छन् भने ८० लाख ८५ हजार जनामा भाइरस सक्रिय छ । 

छिमेकी मुलुक भारतमा संक्रमित संख्या हालसम्म १ कराेड ३ लाख ३ हजार ४०९ जना सहित विश्वभर कोरोनाभाइरस धेरै संक्रमण हुने देशहरूको सूचीमा दाेस्राे नम्बरमा छ । संक्रमित मध्ये १ लाख ४९ हजार २०५ जनाको ज्यान गइसकेको छ । जसमध्ये ९९ लाख १ हजार ९२९ जना निको भएका छन् । सक्रिय केस २ लाख ५२ हजार २७५ मात्र छन् जसमध्ये ८ हजार ९४४ जनाको अवस्था गम्भीर छ । 

तेस्राे स्थानमा रहेकाे ब्राजिलमा ७७ लाख जना संक्रमितमध्ये ६७ लाख ५६ हजार निकाे भइसकेका छन् । मृत्यु हुने भने १ लाख ९५ हजारभन्दा बढी छन् । हाल ७ लाख ४८ हजार जनामा काेराेना भाइरस सक्रिय छ ।

नेपालमा भाइरस संक्रमित २ लाख ६१ हजार १९ जना पुगेका छन् भने २ लाख ५३ हजार १०७ जना निको भइसकेका छन् । अहिलेसम्म मृतकको संख्या १ हजार ८६४ पुगेको छ भने ६ हजार ४८ जना उपचाररत छन्  ।

गाउँ सहर डेस्क

तपाईँको मत