वातावरण

आज तीन प्रदेशमा सामान्य बादल लागेर केही ठाउँमा पानी पर्ने

काठमाडाैं । शनिबार (आज) देशका धेरै ठाउँमा आंशिक बद्ली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमी वायुको प्रभाव रहेकाले सबैजसो ठाउँमा आंशिक बादल लाग्ने सम्भावना रहेको मौसमविद्ले जानकारी गराएका छन् ।

अहिले पहाडी भू-भागमा सामान्य बादल लागेको छ भने तराईमा सामान्य कुहिरो लागेको छ । आज लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बादल लागेर केही ठाउँमा पानी पर्ने सम्भावना समेत रहेको र सबैजसो उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएकाे छ ।

पश्चिमी वायुको प्रभावका कारण अबको तीनरचार दिन तराईमा बाक्लो कुहिरोको सम्भावना नरहेको र बिहानीपख लागेको कुहिरो पनि चाँडै हट्ने मौसमविद्ले बताएका छन् । तर केही दिन देशभर आंशिकदेखि सामान्य बद्ली, कतैकतै सामान्य वर्षा र सबैजसो उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ ।

काठमाडाैं उपत्यकासहित देशभर बढेको चिसो कायमै छ । आज बिहान काठमाडाैंको न्यूनतम तापक्रम एक दशमलव तीन डिग्री सेल्सियस मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  

गाउँ सहर संवाददाता

तपाईँको मत