राजनीति

प्रजातान्त्रिक र देशभक्तबीच नयाँ संवाद र वृहत प्रजातान्त्रिक एकताकाे आवश्यकता - डा. लाेहनी

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौंमा सरकारको विरोधमा प्रदर्शन गरेको छ । सरकारले पुस ५ गते गरेको संसद् विघटनको सिफारिस राष्ट्रपतिले अनुमोदन गरेसँगै राप्रपा पनि आन्दोलनमा उत्रेको हो ।

संसद् विघटनकै विरोधमा आज राप्रपाले काठमाडौँमा प्रदर्शन गरेको छ । विरोधपछि भएको सभामा राप्रपा अध्यक्ष कमल थापाले राजादेखि कांग्रेस, कम्युनिस्ट, मधेसवादी र विप्लवसम्म अट्न सक्ने राजनीतिक प्रणालीको विकासको माग गरेका छन् । 

थापाले कार्यक्रममा देशकाे अवस्था स्थिर र तरलता भएको बताएका छन् । जनताले खोजेको सुशासन हो तर  जनताले कुशासना र भागबन्डा पाएको उनले बताए । "जनताले खोजेको राष्ट्रिय हितको लागि सन्तुलित प्ररराष्ट्र नीति जनताले पाए व्यक्तिको सत्ता अडान भएकै कारण नेपाली जनता पीडित छन्" उनले भने  । 

उनले भने, "यो सरकार भ्रष्ट छ, यसका दुई पक्ष छन् । यिनीहरु सम्पति लुट्ने, सत्ता आडमा कानुन संविधानको दुरुपायोग र संविधान माथि भ्रष्टाचार गर्ने । त्यसैले राजनीति अराजक छ ।" देशको आखण्डता र सुरक्षा संकटमा रहेको उनले कार्यक्रममा व्यक्त गरेका छन् । 

उनले कार्यक्रममा हाम्रो राष्ट्रियताको दुई परम्परागत जग छन् । संवैधानिक राजसंस्था सम्बर्धन हो । यि दुवै जगलाई भात्काउँदै छन् भन्दै नेपालीबीच एकता कायम गर्ने राजसत्ता फालेर नेपालीको धार्मिक र साँस्कृतिका पहिचान पश्चिमा देशको धन लोभमा हराएको बताए । 

उनले भने, "राष्ट्रपति कार्यलय सिहंदरबारको कारिन्दाको अफिसमा परिणत गरे । राष्ट्रपति सबै नेपालीको नभएर एउटा गुटले जे भन्यो त्यहिँ बनाए । त्यसैले देशमा अराजक स्थिति सृजना भयो । देशमा लुटाहाहरुको राज छ ।"

यस्तै अर्का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले लुटाहा सरकारका कारण नेपाली जनताले दुःख पाएकाे बताएका छन् । विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष लोहनीले जनताले सुशासन खोजेपनि कुशासन र भागवण्डाको राजनीतिका कारण मुलुक गम्भीर मोडमा पुगेको बताएका हुन् ।

उनले सत्ताको आडमा प्रतिनिधिसभाको विघटन गरी कानुन र संविधानको दुरुपयोग गरिएको भन्दै आपत्ति जनाए । राष्ट्रपति कार्यालय सिहंदरबारको कारिन्दाको कार्यालयमा परिणत भएको भन्दै अध्यक्ष लोहनीले राष्ट्रपतिको औचित्य समाप्त भएको बताए ।

उनले वर्तमान अराजक परिस्थितिबाट मुक्ति पाउन सबै दलहरुको मनस्थितिमा परिवर्तन आउनु आवश्यक रहेको बताए । अध्यक्ष लोहनीले राजसंस्था लगायत सबै राष्ट्रिय चरित्र भएको शक्ति र संस्थाहरुलाई राष्ट्रियता र विकासको महाअभियानमा ठाउँ दिन प्रजातान्त्रिक र देशभक्त व्यक्तिबीच नयाँ संवाद र वृहत प्रजातान्त्रिक एकता कायम गर्नु आजको आवश्यकता रहेको बताए ।

गाउँ सहर संवाददाता

तपाईँको मत