स्वास्थ्य

कोरोनाबाट मृत्यु हुनेको संख्या १८६४, सक्रिय संक्रमित अब ६ हजार ४८

काठमाडौँ । पछिल्लो २४ घण्टामा कोरोनाबाट थप आठ जनाको मृत्यु भएको छ । आज थपिएका सहित कुल मृतकको संख्या १८६४ पुगेको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७४८ जनाले स्वास्थ्य लाभ गरेका छन भने नयाँ संक्रमित ४२६ थपिएका छन् । यो सहित निको २,५३,१०७ भएका छन् भने कुल संक्रमितकाे संख्या २,६,१०१९ जना पुगेकाे छ । 

मन्त्रालयका अनुसार आजसम्ममा १९,३७,७०२ जनाको पिसिआर टेस्ट भएको छ । देशमा अहिले ६ हजार ४८ सक्रिय संक्रमित रहेका छन् ।

गाउँ सहर संवाददाता

तपाईँको मत