विश्व

सेनानाको हवाई आक्रमणमा परी कयौँ बोको हरामका लडाकु मारिए

एजेन्सी । नाइजेरियामा त्यहाँको सेनाले गरेको कारबाहीमा परी आतंककारी बोको हरामका कैयौँ लडाकू मारिएका बताइएको छ । सो कारबाहीमा परी बोको हरामका कैयौँ लडाकूहरु मारिएका एजेन्सीले जनाइएको छ । नाइजेरियाको उत्तरी बोर्नो राज्यमा भएको सेनाको कारबाहीमा परी बोको हराम लडाकू मारिएका हुन् ।

बुधबार ताम्बुनगिनी भन्ने स्थानमा त्यहाँका बोको हरामहरु लुकेर बस्ने गरेका छन् । उनीहरुले सो क्षेत्रमा सञ्चालन गरिरहेको हिंसात्मक क्रियाकलापको सूचनाका आधारमा सेनाले हवाई कारबाही गरेको थियो ।

सो कारबाहीमा परी कैयौं बोको हराम मारिएको  सेनाले जनाएको छ तर के कति संख्यामा मारिएका हुन् भन्ने बारेमा भने केही बताइएको छैन ।

बोको हरामहरुले त्यहाँको उत्तरी बोर्नो राज्यमा सन् २००९ देखि नै हिंसा गर्दै आएका छन् । सो क्षेत्रमा उनीहरुले इस्लामिक स्टेटहरुलाई स्थापित गर्न खोजेका छन् । तर सरकारको पटक पटकको कारबाहीका कारण यो सम्भव हुन नसकेको बताएको छ ।

गाउँ सहर डेस्क

तपाईँको मत