समाज

बेपत्ता बालकको शव गाडिएको अवस्थामा फेला

धनुषा ।  धनुषामा एक बालकको हत्या गरी शव गाडिएका अवस्थामा फेला परेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता मकेन्द्रकुमार मिश्रका अनुसार बिदेह नगरपालिका–२ का पाँच वर्षीय बालक अभिनवकुमार रायको शव गाडिएको अवस्थामा आज बिहान फेला परेकोे हो ।

प्रहरीका अनुसार बालक दुई दिनदेखि बेपत्ता थिए । खोजी गर्ने क्रममा बालकको शव उनकै हजुरबुबा पर्नेको गोठमा गाडिएको अवस्थामा फेला परेको हो । 

मिश्रले भने, ‘शुरुआती क्रममा उनको घाँटी थिचेर हत्या गरेको देखिन्छ, शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाएका छौँ । रिपोर्ट आएपछि अन्य अनुसन्धान अगाडि बढ्छ ।” बालकको शव फेला परेपछि तत्काल अनुसन्धानका लागि प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको जनाएको छ । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ । 

गाउँ सहर डेस्क

तपाईँको मत