कला

बेबी बंपका साथमा अनुष्का शर्माको फोटोशुट

एजेन्सी । बलिउड अभिनेत्री अनुष्का शर्मा हाल गर्भवती अवस्थामा रहेकी छन् । अनुष्काले गर्भमा हुँर्कदै गरेको बच्चाको साथमा सुन्दर तस्वीर सामाजिक सञ्जालमा सेयर गरेकी छन् । उनले वोग म्यागजीनको लागि आफ्नो बेबी बंपसँग फोटोशुट गराएकी हुन् । यो अवस्थामा उनी फोटो शुट गरेर आनन्द लिइरहेकी छन् । 

यो तस्वीरमा अनुष्का धेरै राम्री देखिएकी छिन् । उनका फ्यानले तस्वीरमा माया देखाइरहेका छन् । इन्टरनेटमा उनका फोटो तिव्र रुपमा भाइरल भएको छ । वोगले पनि इन्स्टाग्राममा फोटोशुटका केही तस्वीरहरु सेयर गरेको छ । यी तस्वीरमा अनुष्काले अलग–अलग आउट फिट्समा देखिएकी छन् । वोग म्यागजिनले उनको तस्वीर जनवरी २०२१ मा प्रकाशित गर्ने जनाएको छ ।

अनुष्काले फोटोशुटको बारेमा आफु गर्भवती भएको समयमा पनि यस्तो अवसर पाउनु कल्पना पनि नगरेको बताएकी छन् । केही महिना अघि अनुष्का र विराट कोहलीले आमा बाबु बन्न लागेको सामाजिक सञ्जाल मार्फत जानकारी दिएका थिए । उनी यहि जनवरीमा नै आमा बन्नेछिन् ।

गाउँ सहर डेस्क

तपाईँको मत