समाज

नेपाल प्रहरीका सईविरुद्ध भ्रष्टाचार मुद्दा दायर

राजबिराज । घुस सहित पक्राउ परेका प्रहरी नायव निरीक्षक (सई) सिकन्दर प्रसाद कानुबिरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार उनीबिरुद्ध विशेष अदालतमा आरोप पत्र दायर गरेको गरेको हो ।

सप्तरीको प्रहरी चौकी तिलाठीमा कार्यरत कानुलाई अख्तियारको कार्यालय इटहरीबाट खटिएको टोलीले ५० हजार घुससहित पक्राउ गरेका थियो ।

प्रहरीले नियन्त्रणमा लिएको मोटरसाइकल फिर्ता दिने बहानामा उनले ५० हजार घुस मागेको आयोगले जनाएको छ ।

उनीबिरुद्ध आयोगले भ्रष्टाचार निवारण ऐन–०५९ अनुसार ५० हजार बिगो माग दाबी लिएको  बताएको छ ।

गाउँ सहर डेस्क

तपाईँको मत