राजनीति

संसद पुनर्स्थापना हुने अवस्था छैन, पार्टी फुटेको नभई केही नेता सडकमा गएका मात्र हुन्: ओली

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद पुनस्स्थापना हुने अवस्था नरहेको पुन: दाेहाेर्‍याएका छन् । ३६ देशमा रहेका प्रवासी नेपाली समुदायका अगुवाहरूलाई भर्चुअल सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन् । 

सम्बाेधनका क्रममा प्रधानमन्त्री ओलीले आफूले मेहेनतका साथ काम गरिरहेकाले धेरै चिन्ता लिनुपर्ने र निराश हुनुपर्ने अवस्था नभएको पनि बताएका छन् । 'नेता कार्यकर्ता निरास होइन आशावादी हुनुपर्छ । संसारमा आफ्नै अध्यक्षका विरुद्ध यस प्रकारका तमासा सडकमा  कही हुँदैन ।'

उनले सभामुख र सांसदहरू अनुशासनहीन भएको तथा सर्वसम्मत आफूविरुद्ध अराजक काम गरेकाले संसद् विघटनको कदम चाल्नुपरेको बताए । सभामुखले पनि पदीय मर्यादाअनुसार काम नगरेकाले 'ताजा जनादेशको दबाई' खोजेको बताए ।

पार्टीमा देखिएको समस्याको सकारात्मक निकास निकालौं भनेर आफूले धेरै काँध थापेको तर केही नेता अलग भएको उनले बताए । पार्टी फुटेको नभई केही नेता अलग भएर सडकमा गएको बताए । 

गाउँ सहर संवाददाता

तपाईँको मत