भिडिओ

आशिष सचिनको ‘ए मुना’ सार्वजनिक

काठमाडौँ । गायक आशिष सचिनको नयाँ गीत ‘ए मुना’ सार्वजनिक भएको छ । गीतमा आशिषसँगै प्रविशा अधिकारीको पनि स्वर रहेको छ । स्याड भर्जनमा तयार भएको  गीतमा सन्तोष सुनारको शब्द तथा संगीतमा रहेको छ ।

गीतको भिडियोमा गायक आशिष सचिन र सम्पदा बानियाको अभिनय देख्न सकिन्छ । भिडियोमा प्रेम र विछोडको पीडालाई देखाइएको छ । 

मनोज बस्नेतको निर्देशनमा रहेको भिडियो अर्जुन तिवारीले खिचेका हुन् । भिडियो सम्पादन तथा कलरिङ सुप्रिम पराजुलीको गरेका छन् । आफुले अन्य गीत भन्दा यसमा धेरै मिहिनेत गरेको आशिषले बताएका छन् ।  ‘मैले पहिलो पटक स्याड गीत गाउने प्रयास गरेको छु । आशा छ, मलाई यस गीतमा पनि पहिलाको जस्तै माया दिनुहुनेछ ’ आशिषले भनेका छन् ।

गाउँ सहर डेस्क

तपाईँको मत