गाउँ सहर

राष्ट्रिय जलवायु सम्मेलन आजबाट सुरु

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको गुफाडाँडामा यस वर्ष पनि राष्ट्रिय जलवायु सम्मेलन हुँदैछ ।

जिल्ला समन्वय समिति राष्ट्रिय महासङ्घका उपाध्यक्ष सन्तमान तामाङका प्रमुख आतिथ्यतामा शुक्रबार हुने कार्यक्रममा ७७ जिल्ला समन्वय समितिका प्रमुख वा प्रतिनिधि, सिन्धुपाल्चोकका सबै विषयगत कार्यलयका प्रमुख वा प्रतिनिधि, सिन्धुपाल्चोकका सबै स्थानीय तहका प्रतिनिधि लगायत अन्य सरोकार निकायको सहभागिता रहने जनाइएको छ ।

मेलम्ची नगरपालिका वडा नम्बर ९ गुफाडाँडामा विगत वर्ष जस्तै यस वर्ष पनि दोस्रो जलवायु सम्मेलन, दिवस तथा अन्तरक्रिया आयोजन गरिने जिससले बताएको छ ।

सम्मेलनका अवसरमा यस वर्ष ७८ झण्डोत्तोलन, जलवायु परिवर्तन एवम् कोभिड –१९ सम्बन्धी सन्देशमूलक तुल प्रदर्शन र जलवायु परिवर्तनसम्बन्धी अन्तक्र्रिया गरिने सिन्धुपाल्चोक जिसस प्रमुख कृष्णगोपाल तामाङले जानकारी दिएका छन् ।

गाउँ सहर डेस्क

तपाईँको मत