खेल

एडिन्सन काभानीमाथि खेल प्रतिबन्ध

एजेन्सी । म्यानचेस्टर युनाइटेडका एडिन्सन काभानीमाथि तीन खेलको प्रतिबन्ध लगाइएको छ । केही अवस्थामा अपमानजनक अर्थ लाग्ने स्पेनिस ‘फ्रेज’ सामाजिक सञ्जालमा पोस्ट गरेका कारण उनीमाथि तीन खेलको प्रतिबन्ध लागेको जनाइएको छ ।

यस्तै उनले एक लाख पाउण्ड जरिवाना पनि तिर्नु पर्ने भएको छ । फुटबल एसोसिएसनले काभानीले प्रयोग गरेको भाषा अपमानजनक रहेको ठहर गरेको हो ।

३३ वर्षका काभानी गएको नोभेम्बर २९ मा साउथ ह्याम्पटन माथि विजयी गोल गरेपछि सामाजिक सञ्जालमा पोस्ट गरेको सामग्रीलाई आपत्तिजनक ठहर भएको हो ।

उनले आलोचना भएपछि सो पोस्ट डिलिट गरे र माफी मागेका छन् ।

गाउँ सहर डेस्क

तपाईँको मत