गाउँ सहर

गाउँपालिकाका अध्यक्ष खडकालाई थुनामुक्त गर्न उच्च अदालतको आदेश, पुनः जिम्मेवारी सम्हाल्ने

रामेछाप । विभिन्न तीन मुद्दामा थुनामा रहेका लिखु तामाकोसी गाउँपालिकाका अध्यक्ष गोविन्द खड्कालाई उच्च अदालत पाटनले थुनामुक्त गर्ने आदेश दिएकाे छ । 

जबरजस्ती करणीको आरोपमा पुर्पक्षको लागि जिल्ला कारागार रामेछापमा रहेका खडकालाई थुनामुक्त गर्न उच्च अदालत पाटनले आदेश दिएको हाे ।

शरीर बन्दक उद्योग अन्तर्गत गत साउनमा खडकामाथि जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएको थियो । उजुरीको आधारमा पक्राउ परेका खडकामाथि हिरासतमै रहँदा ठगी र जबरजस्ती करणी उद्योगका दुई मुद्दा थपिएको थियो ।

जिल्ला अदालतको फैसालाप्रति असहमति जनाउदै खडकाले उच्च अदालत पाटनमा रिट दायर गरेका थिए ।

जिल्ला अदालत रामेछापले यसअघि तीन वटा मुद्दामाथि सुनुवाई गर्दै शरीर बन्दक मुद्दामा २ लाख, ठगी मुद्दामा ५० लाखको धरौटी माग गर्दै करणी मुद्दामा पुर्पक्षको लागि जेल चलान गर्ने फैसाला गरेको थियो । तर आज उच्च अदालत पाटकले खडकालाई पाँच लाख रुपैयाँ धरौटीमा थुनामुक्त गर्न आदेश दिएको छ ।

शरीर बन्दक मुद्दाको बारेमा जिल्ला अदालतको फैसला सदर गर्दै गठीको मुद्दामा ५० लाख ढरौटी माग्ने फैसाला पनि बदर गरेको छ ।

अब खड्काले थुनामुक्त भएर पनि मुद्दा लडन पाउने भएका छन् । 

थुनमुक्त भए लगत्तै खडकाले पुनः अध्यक्षको जिम्मेवारी सम्हाल्ने भएका छन् ।

गाउँ सहर संवाददाता

Hem Bahadur Mahat लेख्नुहुन्छ १७ पौष, २०७७ १०:०५ am

Badhai chha

Intelligere Est Difficile लेख्नुहुन्छ १७ पौष, २०७७ १०:०५ am

Aba hunda hunda nayepalika ni brastachari ra gunda gardi ko pakchya ma lage pachi kaso k lagcha

तपाईँको मत