गाउँ सहर

आज 'अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस' मनाइँदै

काठमाडाैं । आज 'अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस' मनाइँदैछ ।

शुक्रबारदेखी अङ्ग्रेजी नयाँ वर्ष सन् २०२१ शुरु भएको छ । हरेक अङ्ग्रेजी नयाँ वर्षको पहिलो दिन अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस पनि मनाइने गरिन्छ ।

नेपाली टोपीको प्रवर्द्धन गर्नका लागि अङ्ग्रेजी नयाँ वर्षको पहिलो दिनमा यस दिवस राखिएको हो । संस्कृतविद्का अनुसार जंगबहादुर राणाकी बहिनी डम्बरकुरमारीले आफ्ना दाजुलाई खुशी पार्न पहिलो पटक उपहार स्वरुप टोपी बनाएर दिएको बताइन्छ ।

नेपाली टोपीको साइनो बंगलादेशको ढाका, काश्मीर, टर्की, कैलाश पर्वत र पाल्पासँग जोडिन्छ । विशेषतः भादगाउँले टोपी र ढाका टोपीलाई नेपाली टोपीका रुपमा लिने गरिन्छ । तर नेपालका विभिन्न समुदायले आ–आफ्नो पहिचान र परम्परा झल्किने खालका टोपी लगाउने गरेका छन् ।

पछिल्लो समय नेपाली टोपी लगाउनेको सङ्ख्या बढिरहेको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत