अर्थतन्त्र

प्रभु लाइफको आईपीओ आइतबारदेखि कारोबार हुने

काठमाडौँ । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीको आईपीओ आगामी सातादेखि कारोबारमा ल्याउने तयारी कम्पनीले गरेको छ । आइतबारदेखि कारोबारमा ल्याउने गरी नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकरणको निवेदन पेश भैसकेको कम्पनीले जानकारी दिएको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत नारायण प्रसाद पौडेलले यसै साताभित्र नेप्से र सिडिएससीमा सूचीकरण प्रकृया सम्पन्न गर्ने गरी प्रकृया अघि बढाएको जानकारी दिए । 

कम्पनीले संस्थापकतर्फको १ करोड ४० लाख कित्ता र सर्वसाधारण तर्फको ६० लाख कित्ता गरी २ करोड कित्ता शेयर सूचीकरणको लागि प्रकृया अघि बढाएको हो । यस कम्पनीको आईपीओ खरिदका लागि हालसम्मकै उच्च आवेदन परेको थियो । कुल ६० लाखकित्तामध्य सामूहिक लगानीकोष र कर्मचारीलाई छुट्याएर बाँकी रहेको ५४ लाख कित्ता शेयर ५ लाख ४० हजार आवेदकले १० कित्ताका दरले पाएका थिए । 

गाउँ सहर डेस्क

तपाईँको मत