अर्थतन्त्र

नेप्से हालसम्मकै उच्च विन्दुमा, ५ अर्ब ७० करोडको कारोबार 

काठमाडौँ । शेयर कारोबार मापक सूचक नेप्से हालसम्मकै उच्च विन्दुमा पुगेको छ । बिहीबार नेप्से सूचक २०८७ विन्दुमा उक्लिएपछि नयाँ किर्तिमान कायम भएको हो। 

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको अन्तिम दिन आज (बिहिबार) हरियाली छाएको छ ।  बुधबार पनि बढेको बजार आज पनि दोहोरो अंकले बढेको हो । 

आज नेप्से २५.२१ अंकले बढेर दुई हजार ८७ दशमलब २७ विन्दुमा पुगेको छ भने ५ अर्ब ७० करोड ३४ लाख ६९ हजार ८३७ रुपैयाँ बराबरको कारोबार भएको छ ।

नेप्सेका अनुसार आज कारोबार भएका कूल १२ उपसमूहमध्ये एउटा समूह घटेको छ भने अन्य सबै समूह बढेका छन् ।  

गाउँ सहर डेस्क

तपाईँको मत