कला

कमेडी क्वीन भारती सिंहको वार्षिक आय ८ करोड

एजेन्सी । कमेडी क्वीन भारती सिंह आज चर्चित नाम बनेको छ । उनको पहिला मनिसहरुको अगाडि परिचय गराउने कुनै पनि माध्यम थिएन् । अहिले भारतीले एक कमेडियनका रुपमा नयाँ आयाम बनाएकी छन् । कुनै समयमा पुरुषले मात्र कमेडी गर्न सक्थे । तर भारतीले कमेडी मार्फत महिलाहरुले पनि पुरुष सरह काम गर्न सक्छन् । महिला पनि केही कुरामा कम छैनन् भन्ने साबित गरिदिएकी थिइन् ।

लागुऔषध प्रकरणमा मुछिएपछि भारती र उनका पति हर्ष लिंबाचिया दुःखी थिए । दुवैजनालाई एनसीबीले नियन्त्रणमा लिएको थियो र केही दिनपछि उनीहरु जमानतमा रिहा भएका थिए । प्रहरी हिरासतबाट छुटेपछि भारती काममा फर्किएकी छिन् । हाल उनीसँग करौडौको बंगला छ । तर कुनै समयमा आफुसँग खानका लागि पैसा नभएर भोकै बसेको उनी बताउँछिन् । 

भारतीले कैयौपटक आफ्नो बालपनमा भएको गरिबिको बारेमा राष्ट्रिय टेलिभिजनमा सम्झने गर्छिन् । उनको बालपन धेरै दुखमा बितेको थियो । भारती आमा र भाईबहिनीसँग एउटा कोठामा बस्थिन् । यसरी बस्दा कुनै समय खान नपाएको समेत उनी बताउँछन् । त्यो दुखद समयमा भारतीलाई जीवनमा केही ठुलो काम गर्ने इच्छा थियो । तर उनलाई आफ्नो मोटो शररले चिन्ता बनाएको थियो । तर अहिले उनै मोटी भारतीले लल्ली बनेर सबैको मनमा स्थान बनाउन सफल भएकी छिन् । उनी विस्तारै–विस्तारै आफ्नै मेहेनतले कमेडीको दुनियाँमा प्रवेश गरिन् र एक ठुलो नाम बनाउन सफल भइन् ।

भारती हाल ठुलो बंगलामा बस्छिन् । उनको घर प्रख्यात इन्टिरियर डिजाइनरले बनाएका हुन् । उनको नयाँ घर एल शेपमा बनाइएको छ । बंगलाको साथै उनीसँग ठुला गाडीहरु पनि छन् । उनका आडीदेखि मर्सिडीज गाडी छन् ।  भारतीले २५ देखि ३० लाख एक शो को चार्ज लिने गर्छिन् । उनको वार्षिक आय लगभग ८ करोड रुपैयाँ रहेको छ । हर्ष लिंबाचियासँग भारतीले २०१७ मा विवाह गरेकी हुन् ।

गाउँ सहर डेस्क

तपाईँको मत