कला

कंगनाको ट्विटमा उर्मिला मातोंडकरले यस्तो जवाफ दिएपछि.....

एजेन्सी । बलिउड कलाकार कंगना रनौत आफ्नो ट्विटको कारण चर्चामा आउने गर्छिन्। अहिले उनी मनालीबाट फिर्ता भएकी छन् । उनी एयरर्पोटबाट बाहिरीदैँ गर्दाको तस्वीर सामाजिक सञ्जालमा निकै भाइरल भएको छ । मुम्बई पुगेपछि कंगना सिद्धिविनायक मन्दिरमा दर्शनका लागि पुगेकी थिइन् । यसक्रममा उनी मराठी लुकमा थिइन् । आफ्नो तस्वीर सेयर गर्दै कंगनाले मुम्बई आएर सुरक्षित महसुस भएको बताएकी छन् ।

 ‘आफ्नो प्यारो शहर मुम्बईमा बस्दा जति विरोध आएपनि सामना गर्न सक्छु । जहाँ सुरक्षित महसुस गर्न सक्छु ।’कंगनाले ट्विटमा लेखेकी थिइन् ।

उनले यस्तो ट्विट गरेपछि कलाकारबाट राजनेता बनेकी उर्मिला मातोंडकरले निशाना बनाइ राखेकी थिइन् । उर्मिलाले लेखेकी छिन्, ‘आफ्नो प्यारो शहर मुम्बई बस्दा मात्र किन ? बहिनी के टाउकोबाट बल झरेको थियो र ?’ उनको यो ट्विट भाइरल भएको थियो । सामाजिक सञ्जालमा प्रयोगकर्ताहरुले विभिन्न प्रकारका प्रतिक्रिया समेत दिएका छन् ।

यो भन्दा पहिला पनि कंगना र उर्मिलाको बीचमा  ट्विटमा सामान्य विवाद भएको थियो । कंगनाले मुम्बईको तुलना पीओकेसँग गर्दा पनि उर्मिलाले विरोध गरेकी थिइन् ।

लागुऔषधको विषयमा पनि उर्मिलाले सबैभन्दा पहिला कंगनाको होम टाउन हिमाचल प्रदेशबाट सुरुवात गर्न पर्ने बताएकी थिइन् । हिमाचल प्रदेश लागुऔषधको लागि वास्वविक उदगम स्थलको रुपमा चिनिने गर्दछ ।

गाउँ सहर डेस्क

तपाईँको मत