खेल

एल्चेसँग रियल म्याड्रिड बराबरी अंकमा रोकियो

एजेन्सी । एल्चेसँग रियल म्याड्रिड १–१ गोलको बराबरी  अंक ल्याएर रोकिएको छ । स्पेनिस ला लिगामा रियल म्याड्रिड बराबरीमा रोकिएको हो । एक गोलको अग्रता जोगाउन नसक्दा रियलले घरेलु टोली एल्चेसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो। यो बराबरीसँगै रियलले शीर्षस्थानको एट्लेटिको म्याड्रिडसँग अंक दुरी बराबरी गर्ने अवसर गुमेको छ ।

रियलले १६ खेलबाट १० जित, समान ३ र ३ हारसहित ३३ अंक जोडेको छ।

इल्चेको घरेलु मैदानमा बुधबार राति खेलको २० औं मिनेटमा लुका मोड्रिचले गोल गर्दै रियललाई १–० को अग्रता दिलाएका थिए ।

मार्को एसेन्सियोको प्रहार क्रसबारमा लागेर फर्कदा रिवाउन्डमा क्रोएसियन मिडफिल्डर मोड्रिचले टाउको प्रयोगले  बललाई जाली छोएका थिए ।

पहिलो हाफ १—० ले पछि परको घरेलु टोलीले ५२ औं मिनेटमा पेनाल्टी मार्फत चाभेसले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याउन सफल भए ।

ड्यानी कार्भाहलले पेनाल्टी बक्समा बारागानलाई तान्दै लडाएपछि रेफ्रीले इल्चेलाई पेनाल्टी प्रदान गरेको थियो।

त्यसपछि गोल गर्ने केही अवसर पाए तर सहि सदुपयोग गर्न नसक्दा दुबैले अंक भाग लगाउनु परेको हो । बराबरीसँगै रियल १६ खेलबाट ३३ अंक जोडेर दोस्रो स्थानमा यथावत रहँदा एट्लेटिकोले १४ खेलबाट ३५ अंक जोडेर शीर्ष स्थानमा छ। रियललाई बराबरीमा रोकेको इल्चे १६ अंक जोडेर १५ औं स्थानमा रहेको छ ।

गाउँ सहर डेस्क

तपाईँको मत