समाज

लुम्बिनी चिनी मिलका सञ्चालक पक्राउ 

काठमाडौँ । लुम्बिनी चिनी मिलका सञ्चालक मनोज अग्रवाल पक्राउ परेका छन् । बिहीबार बिहान अपराध महाशाखाका टोलीले पर्सा प्रहरीसँग समन्वय गरी वीरगन्जबाट उनलाई पक्राउ गरेको जनाएको छ । 

उक्त चिनी मिल सुशिला गोयलको नाममा रहेको छ, तर अंशबन्डा हुँदा सुशिलाको जेठाजू मनोजको भागमा चिनी मिल परेको जनाइएको छ । स्रोतका अनुसार मिल पूर्ण रूपमा मनोजको नाममा आइसकेको छैन । 

यसअघि स्वामित्व विवाद हुँदा किसानको रकम बक्यौता रहन गएको कम्पनीले बताएको छ ।  उखु किसानलाई उक्त चिनी मिलले १६—१७ करोड तिर्न बाँकी रहेको छ ।

यसअघि किसानको पैसा नतिर्ने मिल सञ्चालकलाई पक्रन पुर्जी जारी गरिएको थियो। उक्त निर्देशनपश्चात मनोज फरार रहेका थिए । 

अग्रवाल माथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

गाउँ सहर डेस्क

तपाईँको मत