गाउँ सहर

उपत्यकाको तापक्रम १ डिग्री भन्दा कम

काठमाडौँ । उपत्यकामा बिहीबार तापक्रम १ डिग्रीभन्दा तल झरेको छ । 

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार काठमाडौँको  न्यूनतम तापक्रम ०.८ डिग्री मापन भएको छ । 

बुधबार दिउँसो काठमाडौंको तापक्रम १६.६ डिग्रीसम्म पुगेको थियो। 

बिहीबार जुम्लाको  न्यूनतम तापक्रम माइनस ८.५ डिग्री पुगेको छ भने दीपायलमा ०.४, वीरेन्द्रनगरको १.९ डिग्री सेल्सियस  मापन भएको छ । तराईका सहरहरूमा नेपालगञ्जमा न्यूनतम तापक्रम ४ डिग्री पुगेको छ भने विराटनगर, भैरहवा,  जनकपुर र विराटनगरको तापक्रम ६ डिग्रीभन्दा माथि रहेको  महाशाखाले जनाएको छ । 

पूर्वानुमान महाशाखाले अहिले देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको बताएको छ । 

गाउँ सहर डेस्क

तपाईँको मत